त्रिभुवन माध्यमिक विद्यालय मानेचौका ( एक परीचय ) नेपालको भू वनोटलाई विश्वको भूगोलसँग तुलना गर्दा विश्वका पहाडी प्रदेश जस्तै नेपालका पहाडी प्रदेशको आफ्नै महत्व छ । नेपालका पहाडी प्रदेशहरु मध्येको तनहूँ जिल्लाले उत्तर लमजुङ्ग, पूर्व र दक्षिण चितवन र नवलपराशी , पूर्व गोरखा र चितवन , पश्चिम काश्की र स्याजा संङ्घ सामिप्यता बढाएको छ । लमजुङ्ग , गोर्खा , तनहूँ चितवन , नवलपराशी र कास्किको सिमानाको काम नाउदी ,पाउदी , मस्र्याङदी रिष्ती मादी ,गण्डकि र काली गण्डकि नदिले गरेका छन् । नाउदी र पाउदी खोलाको किनारामा रहेको त्रिभुवन माध्यमिक विद्यालय रुपाकोट गा.वि.स.को वार्ड नं २ मा अवस्थित छ । यहि मनोरम स्थान नाउदी पाउँदीको दोभानमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको जन्म वि.सं २०२७ सालमा भएको हो । यो विद्यालयले कक्षा १२ तह सम्म अध्यापन गराई शिक्षाको ज्योती छर्ने काम गरिरहेको छ । त्रिभुवन माध्यमिक विद्यालयका मानेचौका तनहूँले प्रारम्भमा छिमेकी जिल्ला लमजुङ्ग र तनहूँको माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको शैक्षिक आवश्यकता पुरा गर्ने लक्ष्य लिएता पनि शिक्षाको क्षेत्र ज्यादै व्यापक हुदो रहेछ वास्तवमा यसो हुनुमा यहाँको मनोरम दृष्य ,गुणात्मक शिक्षा , स्तरीय शैक्षिक उपलब्धी र विश्वसनीय शैक्षिक वातावरणनै प्रमुख कारण हुन । रुपाकोट गा.वि.स. अन्तर्गत वार्ड नं ३ नाउँदी खोलाको समीपमा रहेको मानेचौका बजार यस क्षेत्रको पुरानो बजार मानिन्छ । यो बजारको नामाकरण सम्बन्धमा पनि रोचक प्रसङ्ग छ । मिर्लुङ्ग निवासी मानीक नाम गरेका तत्कालीन एक सरकारी कर्मचारील अङाको काम लिई दैनिक यहि वाटो आवत जावत गर्दा दैनिक एउटा एउटा ढुङ्गा जम्मा गरी त्यस ठाउमा एउटा चार कुने चौतारो बनाएका हुनाले उनको नामबाट मानिक र चौका परेको चौतारो भएकाले पछि यस ठाँउलाई मानिकचौका बाट मानेचौका नामाकरण भएको भनाइ छ । अहिले उनको सम्झनामा पूरानो खालको चौतारो रहेका ठाँउमा पून उनका दाजु भाइले नयाँ चौतारो निर्माण गरिदिएका छन् ।व्यापारिक दृष्टिकोणले धेरै वर्ष अगाडी यो बजार थोक व्यापरिक केन्द्रको रुपमा रहेको थियो । काठमाण्डौ पोखरा पैदल मार्गको एउटा मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको यो बजारको आफ्नै महत्व थियो । पुरानो समयमा काठमाण्डौको सामान भैरहवा सम्म र भैरहवाको सामान काठमाण्डौ सम्म निर्यात गर्ने काम यो वजारले गर्दथ्यो । आगलागी र वाढि जस्ता प्रकृतिक प्रकोपका कारणले गर्दा यो बजारको विकासमा उतार चढाब आइरहेको छ । पुरानो बजार बाहेक अहिले यहाँ अन्य साना साना टोल, बजार र वस्तिहरु छन । यो बजारले रुपाकोट गा.वि.स.को वडा नं २ र ३ लाई एउटै बनाएको छ ।

यो स्थान तत्कालि अवस्थामा पुर्व पश्चिम गर्ने मुल वाटो भएको हुनाले ञहाका मानिसमा शैषिक जागरण पहिले देखिनै आएको थियो । त्यहि कारणले अङ्घ्रेजी शिक्षाको सुुरुवात २०१७ साल देखिनै हुँदै भएको थियो । यो क्षेत्र अहिले स्नातक तहमा पुगेर आराम गरेको छ । वि.सं. २०१७ सालमा स्थापना गरिएको हिमालय प्राथमिक विद्यालयको नाम रहेको ढुङ्गाको साइनवोर्ड अझै सुरक्षित छ । वि.सं २०१५र १६ साल तिर काठमाण्डौ आउने क्रममा प्रशिद्ध देविको मानेचौकामा आगमन भई एक हप्ता सम्म त्याहा वृहत रुपमा गरिएको पूजाआजाको कार्यक्रमबाट संकलित नगद र जिन्सीबाट शिक्षा दिने जमर्काे यहाका चेतनशिल अग्रजहरुबाट भएको रहेछ । यसको विषयको वारेमा प्रत्यक्ष रुपमा संलग्न रहेका अग्रजहरु अझै प्रशस्त भेटिन्छन् । रुपाकोट गाउँमा दुइवटा प्रथमिक विद्यालयहरु भएका कारणले एउटा प्राथमिक विद्यालय भएमा रुपाकोट वासीलाई शिक्षा सुविधा प्राप्त हुने हुँदा एउटा विद्यालय मानेचौकामा स्थानान्तरण गर्न सहमति भए अनुसार एक विद्यालय मानेचौकामा स्थापना भएको थियो । प्रथमिक विद्यालयको नाम हिमालय प्रा.वि. राखिएको थियोे । यसरी यस क्षेत्रमा शिक्षाको सुरुवात भएको हो । ञहा अंग्रेजी पडाउने विद्यालय स्थापना गर्नु अघि यस वोरपर सस्कृत पडाउने विद्यालयहरु थिए । शिक्षक खोजेर केहि विद्यार्थिहरु जम्मा गरेर गाउ गाउमा पडाउने चलन पनि त्यतिखेर थियो । घरैमा शिक्षक राखेर पडाउने प्रचलन पनि त्याहा थियो ।पडन चाहने विद्यार्थहरु यात ती विद्यालयहरुमा गएर सस्कृत अध्ययन गर्दथे या त अन्यत्र टाडा गएर अंग्रेजीको अध्ययन गर्दर्थे । काठमाण्डौ , वन्दिपुर , कुन्छा , दुराडाडा र गाउशहर शिक्षा प्राप्त गर्ने अन्य ठाउहरु थिए । त्यति टाडा गएर शिक्षा प्राप्त गर्नु सवैका लागी सहज थिएन ।

हिमालय प्राथमिक विद्यालयको स्थापनाले यस क्षत्रको प्रारम्भिक शिक्षा प्राप्त गर्ने यस क्षत्रका जनताको आवश्यकतालाई पुरा गरेको थियो । त्यतिखेर निम्न माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्यपन हुन्थ्यो । प्राथमिक विद्यालयको संचालनले मात्र त्यहाको आवस्यकता पुरा गरेन । त्यसक्षत्रका अग्रजहरुको अगुवाईमा २०२५ साल पौष २ गते यहि हिमालय प्रथमिक विद्यालयलाई नि.मा.वि.कायम गरी कक्षा ८को पढाई संचालन गरीयो । समयको गति सँगै चेतनाको विकासको गति पनि निरन्तर अगाडी बढ्दै गएको हुँदा साविक चोक चिसापानी गा.वि.स. तथा हाल रुपाकोट गा.वि.स. वडा नं ३ का शिक्षा प्रेमी श्री गोविन्द राज जोशीले माध्यमिक तह सम्मको शिक्षा प्रदान गर्ने मनसायले वि.सं २०२५ साल पौष २ गते देखि आँफु प्र.अ. भई सो निम्न माध्यमिक विद्यालयको कक्षा संचालन गर्नु भएको थियो भने विद्यालयको नाम त्रिभुवन निम्न माध्यमिक विद्यालय राखिएको थियो । २०२५ सालमा कक्षा ८ संचालन गरीएको उक्त निम्न माध्यमिक विद्यालयमा क्र्रमस कक्षा ९ र कक्षा १० संचालन गरेर २०२७ सालमा माध्यमिक विद्यालयको रुपमा स्किृति पाएको हुनाले उक्त विद्यालयको स्थापना वर्ष २०२७ राखिएको हो । स्थापना वर्ष देखिनै श्री गोविन्द राज जोशी , श्री ऋद्धि वहादुर अधिकारी र पछि मावि संचालन हुना साथ श्री रामचन्द्र पौडेल र श्री कृष्ण कुमार श्रेष्टले उक्त विद्यालयमा शिक्षा प्रदान गर्दै आउनु भयो । उक्त विद्यालयले वि.सं २०२८ सालमा एस. एल सी. परीक्षामा सहभागि भयो । प्रथम पटक एस. एल सी. परीक्षामा सम्मिलित भएका कूल ८ विद्यार्थी मध्ये ८ जना उत्तिण भई सत प्रतिसत परीणाम प्राप्त भएको थियो । यसरी २०२७ साल यस क्षेत्रको परिवर्तनका लागी महत्वपूर्ण वर्ष मानिन्छ ।

हाल सम्म यस विद्यालयले लगभग १२०० भन्दा बढि विद्यार्थी एस. एल सी. परीक्षा उत्तीर्ण गराइ सकेको छ भने यस विद्यालय वाट एस एल सी उत्तिर्ण हुनेहरु देशको सवै क्षेत्रमा माथिल्लो तह सम्म पुग्नु भएको छ । वहाहरुको उज्जल भविश्यनै यो क्षेत्रको गौरवको विषय हो । त्रिभूवन माध्यमिक विद्यालयको जीवनी पनि त्यतिकै कष्टदायक छ ।पंचायत व्यवस्थाको चरम उत्कर्षको वेला नेपाली कांग्ेसमा सकृय रहेका व्यक्तीको अगुवाईमा संचालन भएको यस माध्यमिक विद्यालयले अनेकौ असहज परिस्थितिको सामना गर्नु परेको कुरा सवैमा अवगत छ । त्यस क्षेत्रको शिक्षाको विकाशमा त्यहाका समाज सेविहरु ख. भूमि नन्दन जोशी , रा. शदासिव जोशी , नारा. वुद्धि राज जोशी , जीमु पदम राज जोशी ,द्धारीका नाथ अधिकारी , रघु नाथ अधिकारी , श्री चन्द्र पोखरेल , तिर्थ मान श्रेष्ठ , ढुडि मान श्रेष्ठ , आनन्द राज श्रेष्ठ , वद्री नारायण श्रेष्ठ, श्री राम ढुड.गाना श्री रेशम राज अधिकारी, रेश्मि राज जोशी क्या. चित्र वहादूर गुरुङ्घ श्री रुद्र वहादूर केसी आदि विसिष्ट व्यक्तीहरुको नाम हामिले भुल्यौ भने हाम्रो मुल्याडकन अधुरो हुन्छ । त्यसैले यस क्षत्रको शिक्षाको विकाशमा वहाहरु लगाएत अरु धेरै मानिसहरुको महत्वपुर्ण योगदान रहेको छ । सवैको नाम उल्लेख गर्न सम्भव नभएकोले नाम उल्लेख गर्न नसकेकोमा विदालय परीवार क्षमा याचना गर्दछ । वहाहरुको अमुल्य योगदान यो क्षेत्र सधै सम्मान र कदर गर्दछ । माध्यमिक विद्यालयको स्थापना ञहाको जनताहरको उत्साह र अग्रजहरको प्रेरणा वाट भएको थियो । त्यतिखेर गाउमा माध्यमिक विद्यालयको संचालन गर्नु सहज थिएन । विद्यालयको आफनै भवन थिएन । शिक्षकलाई तलव दिन सकने आर्थिक श्रोत थिएन । सूरुमा तत्कालिन गाउ पंचायतका का वा प्रधान पंच श्री दिर्घ सिंह गुरुङ्गको अध्यक्षतामा माध्यमिक विद्यालय संचालक समितिको गठन भयो । केहि समय पछि ख. भुमि नन्दन जोशीको अध्यक्षतामा विद्यालय संचालक समितिको गठन भयो र विद्यालय संचालन हुदै थियो । पंचायति शासकको वक्रदृष्टि त्यो विद्यालयमा प ्रयो । विद्यालयमा एकै साथ तिन वोटा संचालक समितिहरु वने । एउटा प्रधानपन्च श्री हिम निधि पाण्डेको अध्यक्षतामा , एउटा ख भुमिनन्दन जोशकिो अध्यक्षतामा र एउटा समाजसेवि श्री रघुनाथ अधिकारीको अध्यक्षातामा । अव विद्यालयको अवस्था कस्तो भयो होला । यस विषयमा धेरै चर्चा गर्नु राम्रो नहोला । त्यो ईतिहासको कुरा भै सकेको छ ।

वल्ल वल्ल यो अवस्थावाट विद्यालयलाई पार लगाईयो । विद्यालयमा विषय शिक्षकको त कुरै थिएन । सवै विषयहरु एउटै शिक्षकले पडाउनु पर्ने अवस्था थियो । तलव दिन सक्ने अवस्था थिएन । भवन वनाउनु पर्ने अवस्थात थिदै थियो । त्यहि अवस्थामा चन्दा उठाउने क्रम सूर भयो । सर्व प्रथम मकै चन्दा वाट अर्थ संकलनको कार्यक्रम सूरु भयो ।चोक र रुपाकोटका सवै गाउहरुमा चन्दा उठाउने काम भयो । विद्यालय निर्माणको लागी मकै चन्दा अभियान उल्लेखनयि प्रयास थियो त्यतिखेरको । ठुलो उत्साहका साथ मानिसहरुले मकै चन्दादिए । त्यस पछि मानेचौकाको सेरा भन्ने खेतमा सर्वजनिक गहू लगाईयो । विसौ मुरी गहु उत्पादन भयो । त्यो साल गहु विकृ हुन सकेन । त्यहि गहुलाई चिठ्ठा हालेर विकृ गरीयो । यस्ता अनेकौ प्रयास वाट आज मानेचौकामा एउटा ठुलो क्याम्पस वनेको छ । यस प्रसंङ्गमा एउटा घटना उल्लेखनीय छ । वर्खा लाग्ने वेला भई सकेको थियो विद्यालयको कच्चि भवन छाउन सकिएको थिएन । जिल्ला विकास समिति वाट जस्ता पाउने आशा तत्कालै संभव भएन । विद्यालय श्याउलाले छाउन पर्ने भयो । डाडा भाटाको लागी काठ चाहियो । विद्यालयको वोर पर काठ थिएन । के गर्ने समस्या भयो । रुपाकोटको जङ्गलमा काठहरु थिए । त्यतिखेर रुपाकोट र खाल्टेको विचको पुरानो मनमुटाव राम्ररी मेटिई सकेको थिएन । विद्यालयमा वर्चस्व खाल्टेको हुनाले सामान्यतया काठ पाउन सक्ने अवस्था थिएन । त्यसैले त्याहाका समाजसेवि श्री द्धारीका नाथ अधिकारी र श्री रघुनाथ अधिकारी स्रङ्ग परामर्ष गरेर गोविन्द राज जोशी र रेश्मीराज जोशीको अगुवाईमा खाल्टेका युवाहरुले एकै रात रुपाकोटको जङ्घल वाट विद्यालयलाई चाहिने काठका डाडा भाटाहरु मानेचौकामा उतारे । विद्यालयको निर्माणको लागी त्यतिखेरको यो अत्यन्त शाहसिक काम थियो । यस्तै विभिन्न उपायहरु निकाल्दै विद्यालयको निमार्ण हुदै थियो । पछि ततकालिन जिल्ला विकास समितिले विद्यालयको छाना छाउन जस्ता उपलव्ध गराए पछि विद्यालय पक्कि भयो ।यसरी त्रिभुवन माध्यमिक विद्यालयले आफना उकाली ओरालीहरु पार गर्दै आएको थियो । २०३० सालमा मात्र तनहुं जिल्लामा नया शिक्षा लागु भयो । त्यो भन्दा अगाडि शिक्ष्कहरुले प्राय निशुल्क अध्यापन गर्दथे ।

तत्कालिन प्र अ गाविन्द राज जोशीको विहान वेलुका निशुल्क घरमा अध्यापन गराउने र विदामा पनि निशुल्क विद्यालयमा अध्यापन गराउने कार्यले गर्दा त्यति वेला लमजुङ्गको मन्जाङ्घ र वेसिसहर , र्राागनास र तार्कुघाट र तनहूको सेपावगैचा देखि कलेस्ती सम्मका विद्यार्थिहरु त्रिभूवन माध्यमिक विद्यालयमा अध्ययन गर्दथे । विद्यालयको काममा प्राय दमौली र काठमाण्डौ जानु पर्दा समेत आफनै निजि खर्चमा दौडधेप गर्ने तत्कालीन प्रधानाध्यापक श्री गाविन्द राज जोशीले नया शिक्षा लागू नहुदा सम्म विद्यालयवाट तलव लिनु भएको थिएन होला । यसरी प्रधानाध्यापक श्री गोविन्द राज जोशी , शिक्षकहरु श्री राम चन्द्र पौडेल, श्री कृष्ण कुमार श्रेष्ट, श्री ऋद्धि वहादुर अधिकारीको त्यस विद्यालयमा विसेष योगदान रहेको कुरालाई ञाहा दाहोराई रहन पर्दैन । तत्कालिन प्र.अ. श्री तीर्थ ब. कुँवरको यो विद्यालय संचालनमा र अनेकौ कठिनाई र दुखहरु झेल्दै ञहाको शिक्षा विकासमा वहाले गर्नु भएको अमुल्य योगदानको प्रसंसा नगरी रहन सकिदैन । २०३४ सालमा पंचायति शासकहरुले गोविन्द राज जोशी लाई राज काज मुद्धा लगाएर गिरफतार गरी केहि महिना पछि शिव मावि रीसिङ्ग सरुवा गरे पछि वहा अव विद्यालयमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्नु भएन । सरकारको उदेश्य विद्यालय जे सुकै होस गोविन्द राज जोशीलाई मानेचौका वाट हटाउनु थियो । कांग्रेसको संगठन गरेको अभियोगमा वहालाई २०३४ सालमा काल्पनिक राजकाज मुद्धा लगाएर हटाईयो । वहालाई जवरजस्ती यस विद्यालयवाट हटाईए पनि आज सम्म वहाको माया ममता यस विद्यालयमा छदैछ । शिक्षाको विकाशको कुरा गर्दा स्व . मेघ नाथ अधिकारकिो नाम पनि अग्र स्थानमा आउद छ । वहाले धेरै समय सम्म हिमालय प्राथमिक विद्यालयको प्रधान अध्यापक भएर सेवा गर्नु भयो । त्याहाको शिक्षा विकाशमा वहाको महत्वपुर्ण योग दान रहेको छ । पछि नया शिक्षा योजना लागु भए पछि हिमालय प्राथमिक विद्यालयको प्रधानाध्यापकमा श्री विश्व कमल जोशी नियुक्त हुनु भए पछि वहाले साधारण शिक्षक भएर सेवा गर्दै आउनु भएको थियो । पछि उक्त प्राथमिक विद्यालय त्रिभूवन माध्यमिक विद्यालयमा गाभिए पछि वहाले सोहि माध्यमिक विद्यालयमा अध्यापन गर्नु भयो । यसै क्रममा श्री मोहन अधिकारी , श्री रघुनाथ पौडेल , श्री तुलसी पौडेल श्री राम कृष्ण पौडेलको योग दान पनि यस क्षत्रले कहिल्यै भुल्न सक्दैन । यसै गरी समाज सेवि श्री रेशम राज अधिकारी ,श्री प्रेम वहादुर गुरुङ्ग, श्री उदय राज गौलीले पनि यो विद्यालयमा गरेको योगदान लाई हामि भुल्न सक्दैनौ ।

यसरी यो क्षत्रको शिक्षाको विकाशमा धेरै अग्रजहरुको अमुल्य योगदान रहेको छ । वि.सं २०४६ सालमा बहुदलिय व्यावस्थाको पूनस्थापना भएपछि तत्कालिल सरकारको निती अनुसार शैक्षिक सत्र २०४९ देखि १०ं ं२ को कक्षा संचाल गर्ने अवसर प्राप्त ग¥यो । यसवाट यस वरपरका गरिब र आर्थिक कारणले टाढा गइ उच्च शिक्षा हासिल गर्न असमर्थ र पढ्न इच्छुक युवा तथा युवतीहरुले घरमै बसी कक्षा १२ सम्मको शिक्षा पाउन सक्ने अवसर प्राप्त भयो । यसको श्रेय शिक्षा प्रेमी अग्रज श्री गोविन्द राज जोशीलाई दिनै पर्दछ । वहालेनै शिक्षा मन्त्रीको हैसियले यस विद्यालयमा कक्षा १२ संचालन गर्न मार्ग निर्देशन गर्नु भएको थियो ।यो शैक्षिक सस्थाले निरन्तर रुपमा आज सम्म विद्यालय शिक्षा , शिक्षा र वाणिज्य समूह तर्फको कक्षा १२ सम्मको शिक्षा दिदै आएको छ । अहिले सम्म कक्षा १२ उत्तीर्ण गर्नेको संख्या करिब ५०० पुगी सकेको देखिन्छ । माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालय संचालन गर्न यस क्षेत्रका मानिसको सहयोग प्रसस्त जुटेको थियो । यहाँ समय समयमा आर्थिक संकट पर्दा वा संस्थालाई एक तह देखि माथिल्लो तहमा स्तर बृद्धि गर्दा आवस्यक पर्ने रकम चन्दा भैलो कार्यक्रमवाट संचालन गरि आर्थिक संकलन गर्ने परम्परा रहि आएको छ । शिक्षा आफै सिर्जनशिल विषय हो । यसले मानिसमा चेतनाको विकास र रुची र आकांक्षको विकास गराउने सरल साधन भएकाले यहाँका सकृय मानिसहरु कक्षा १२ मात्र संचालन गरेर चुप लागेनन । स्नातक तहको शैक्षिक कार्यक्रम संचालन गर्ने प्रबल इच्छाका साथ वि.सं २०५६ देखि शिक्षामा स्नातक तहको कक्षा संचालन कार्यक्रम शुरु गरियो । समयको परिवर्तन सँगै गतिशिल हुन र स्नातक सम्मको शिक्षा सर्वसुलभ तरिका बाट हासिल गराउन साथै आर्थिक रुपामा कम खर्च सबै जात वर्गका लागि शिक्षाको अवसर प्रदान गर्नका निमित्त यहाँको शिक्षाप्रोमी अग्रजहरुको कुशल नेतृत्वमा क्याम्पस संचालन गर्न प्रवल इच्छा भयो ।

उच्च शिक्षा संचालनको लागी आर्थिक संकलन जरुरी भएको हुनाले यसका लागि धार्मिक कार्यक्रम संचालन गर्ने र प्रतिस्पर्धाको माध्यमबाट आर्थिक संकलन गर्न त्यस ठाउमा श्री मद्भागवत सप्ताह लगाई क्याम्पस संचालन गराउने काममा त्रिभुवन उ.मा.वि.का तत्कालिन प्र.अ. श्री तीर्थ बहादुर कुँवरको प्रयासलाई प्रसंसा नगरी रहन सकिदैन । त्रिभूवन माध्यमिक विद्यालय आफैमा एउटा खुल्ला पुस्तक हो । ञहा जन्मेर यस शिक्षाण सस्थाले यो क्षेत्रमा चेतना फैलाउन जति योगदान दिन सक्यो त्यो आफैमा पर्याप्त नहोला । आज यो विद्यालयले यो क्षेत्रलाई चारैतिर परीचित गराएको छ । ञहाका उत्पादनहरु आज देशको उच्च ओहोदामा पुग्न सफल हुनु भएको छ । क्याम्पस परीवार यसैमा गौरवको महसुस गर्दछ । ञहाको आवस्यकता भने अझै पुरा भएको छैन । ञहा अझै कक्षा १२ मा विज्ञान विषयको अध्यापन गराउनु छ । विगतमा जसले जसरी सहयोग गर्नु भयो यो विद्यालय परीवार सवै दाजु भाई दिदि वहिनिहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दछ । यो परीचय लेख्दा सवैको योगदानका वारेमा हाम्रो ज्ञानका अभावका कारण सवैको नाम उल्लेख गर्न नसकेकोमा क्षमा चाहान्छौ । हामि यो शिक्षण सस्थामा योगदान गर्नु हुनै सवैमा हार्दिक कृतज्ञता प्रकट गर्द छौ । भोलीका दिनमा पनि सवैको सहयोग प्राप्त भई रहनेछ भन्ने विश्वास गर्दछौ ।

मा.वि.का प्र.अ.को नामावली

308034_412627972135865_1907506050_n.jpeg

गोविन्द राज जोशी

२०२४-०९-०२ देखि २०३४ पौष (नि.मा.वि. समेत )

कृष्ण कुमार श्रेष्ठ

२०३४ माघबाट २०३६-०५-११ सम्म

तीर्थ बहादुर कुँवर

२०३६-०५-१२ देखि २०५९-०१-०४

हरि बहादुर बोहरा

२०५९-०१-०४ देखि २०७०-०५-१५

बालाज्यू अधिकारी

२०७०-०५-१६ देखि २०७०-०८-२२

देवेन्द्र बहादुर अधिकारी

२०७०-०८-२३ देखि २०७१-११-३०
hiramani

हिरामणी ढुुङ्गाना

२०७१-१२-०१ देखि